२०८३ असार १ गते सोमवार

प्रावि मोतिपुरका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण


दाङ ।
तुलसीपुर–७ मोतीपुरमा रहेको प्रावि मोतिपुरका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा कक्षा १ देखि ४ सम्म अध्ययन गर्ने १५ जना विद्यार्थीलाई ४ सयका दरले छात्रवृति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हिमसरा बुढा मगरले जानकारी दिनुभयो ।

त्यसअबसरमा अभिभावक संघका अध्यक्ष हेमु नेपालीले विद्यार्थीहरुलाई मेहनतका साथ लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभएको छ । उहाँले छात्रवृत्तिले विद्यार्थीको पढाइमा थप उत्साह र प्रेरणा मिल्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारुले छात्रवृत्तिले विद्यार्थीको अध्ययनमा थप सहजता पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई मन लगाएर पढ्न आग्रह गर्दै जीवनमा शिक्षा हाँसील गर्नुनै सबै भन्दा महत्वपूर्ण कुरा रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा सहयोगीदाता नारायण कुमार आचार्यलगायतले विद्यार्थीहरु भोलिका भविष्य भएको भन्दै धेरै पढ्नुनै आजको आवश्यकता रहेको बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारुको अध्यक्षता तथा अभिभावक संघका अध्यक्ष हेमु नेपालीको प्रमुख आतिथ्यता एवं कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार नारायण कुमार आचार्यको विशिष्ट आतिथ्यताका कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक हिमसरा बुढा मगरले गरेको शिक्षक मनु मगरले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस