२०८३ भाद्र १० गते बुधवार

पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु, एक जना घाइते


दाङ । प्युठानको नौबहिनी गाउँपालिका–५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाने क्रममा बाटोमै मृत्यु भएको प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिनुभयो । घटनामा रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारष बुढा घाइते भएका छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पार्किङ गरी राखेको ट्याक्टरमा बालकहरू खेल्ने क्रममा ट्याक्टर अचानक ब्याक भएर दुर्घटना भएको बताइएको छ । घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ का २१ वर्षीय विकास परियार सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस