२०८३ कार्तिक ७ गते शनिवार

अमेरिकामा बस्ने नेपाली युवाबाट बाढीपीडितलाई १ लाख ६४ हजार रुपैयाँ सहयोग

दाङ । अमेरिकामा बस्दै आएका नेपाली युवाहरूले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ लाख ६४ हजार २ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि अमेरिकामा रहेका नेपाली युवाहरूले फुटबल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा बसोबास गर्दै आएका १२ जना नेपाली युवाहरूको पहलमा उक्त रकम संकलन गरिएको हो ।

सहयोग गर्नेहरूमा तुलसीपुर–५ निवासी बिशालजीत बस्नेत, रामशरण थापा, डेबिट रिजाल, सागर बुढा, रोशल आले मगर, बिशाल गिसाई, हेमराज बस्नेत, सलोन बस्नेत, किशोर खनाल, रामधान बिके, करण बस्नेत र राम बी.डी. बिके रहनुभएको छ ।

युवाहरुले राष्ट्रलाई नै परेको विपत्तिमा केहि भएपनि सहजता बनाउनका लागि बाढी प्रभावित नागरिकका लागि सहयोग पुर्‍याउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरी रकम संकलन गरेका हुन् । सहयोगीमध्ये रामशरण थापा पूर्व फुटबल खेलाडीसमेत हुनुहुन्छ ।

युवाहरुले विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्का बेला सहयोग जुटाउँदै राहत कोषमा रकम प्रदान गरेका हुन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस