२०८३ कार्तिक ७ गते शनिवार

तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने किराना पसललाई ३ लाख जरिबाना


दाङ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले ३ लाख रुपैयाँ जरिबाना गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बिहीबार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’ ले उपभोक्तालाई बढी मूल्यमा ग्यास बेचेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।

विभागका सूचना अधिकारी अनिल किरातीले उक्त पसलले सरकारले तोकेको मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको फेला परेको बताउनुभएको छ ।

एक सिलिन्डर ग्यासको मूल्य भने २ हजार ६० रुपैयाँ रहेको छ । उपभोक्ता ठगी गरेको प्रत्यक्ष प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम उक्त किराना पसललाई तत्काल ३ लाख रुपैयाँ जरिबाना तिराइएको सूचना अधिकारी किरातीले जानकारी दिनुभयो । –अनलाइन खबरबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस