२०८३ भाद्र २७ गते शनिवार

गोरखा गु्रपद्वारा संचालित विद्यालयबिच हाजिर जवाफ प्रतियोगिता

दाङ । गोरखा ग्रुपद्वारा सञ्चालित विद्यालयहरूबीच अन्तर विद्यालयस्तरिय हाजिर जवाफ प्रतियोगिता संचालिन गरिएको छ । तुलसीपुरस्थित गोरखा आवासीय विद्यालयमा शनिबार आयोजित प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गत सञ्चालित पाँच वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

गोरखा गु्रप दाङका उपाध्यक्ष बालकृष्ण रोका मगरको अध्यक्षता तथा प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

विद्यार्थीहरूमा सामान्य ज्ञान, समसामयिक विषयवस्तु, बौद्धिक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरूमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो ज्ञान प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा गोरखा सेकेन्डरी स्कुल लमही प्रथम, गोरखा सेकेन्डरी स्कुल तुलसीपुर दोस्रो र गोरखा स्कुल लालमटीया तेस्रो भएका छन् ।

गोरखा मोडेल कलेजका संयोजक पूर्णविक्रम डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गोरखा आवासीय विद्यालयका प्रधानाध्यापक रबिन खड्का र सामाजिक विषयका शिक्षक घनश्याम भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस