२०८३ भाद्र २७ गते शनिवार

बुवाको सम्झनामा खत्री दम्पतिद्वारा बाढी प्रभावितलाई सहयोग


दाङ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देशका विभिन्न क्षेत्रबाट राहत तथा सहयोग जुटाउने क्रम जारी रहेको छ ।

यसैक्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–६ गुम्राह चोकका जगदिश खत्री र तिलकुमारी खत्रीले स्वर्गीय बुवाको सम्झनामा बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

खत्री दम्पतिले स्वर्गीय बुवा कलभान खत्रीको सम्झनामा ११ हजार १ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।

विपद्मा परेका परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बुवाको सम्झनामा उक्त रकम सहयोग गरिएको खत्री दम्पतिले बताउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस