दाङ । तुलसीपुरमा कुलोमा डुबेर तीन वर्षिया बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१० नयाँगाउँ निवासी पूर्णबहादुर चौधरीको ३ वर्षिया छोरी प्रणवी चौधरीको सिंचाई कुलोमा डुबेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीका अनुसार बालिकालाई शनिबार (आज) बिहान साढे १० बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोले बगाएको हो ।
कुलोमा बगेर गम्भिर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याएपछि बिहान ११ बजेतिर बालिकाको निधन भएको प्रहरीले जनाएको छ ।

























