२०८३ असोज १ गते बिहिवार

मावि कालाखोलामा अध्ययनरत विद्यार्थीलाई ‘अन द स्पोर्ट’ झोला वितरण


दाङ । दाङको तुलसीपुर–७ कालाखोलास्थित तुलसीपुर माध्यमिक विद्यालयमा ब्याग नभएका विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

जय जीव दर्शनका द्रष्टा एवं समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा जीव दर्शनमा आस्थावान युवाहरू यज्ञ कुँवर, कृष्ण न्यौपाने र बसन्त गिरीले विपन्न परिवारका विद्यार्थीलाई सहयोगस्वरूप झोला वितरण गर्नुभएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा वास्तविक रूपमा समस्यामा परेका तथा आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी ब्याग वितरण गरिएको हो ।

सहयोग आवश्यक पर्ने विद्यार्थीले प्रत्यक्ष रूपमा सामग्री प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कुनै पूर्वसूचना नगरी स्थलगतमै पुगेर ब्याग वितरण गरिएको अभियानमा संलग्न बसन्त गिरीले बताउनुभयो ।

अभियानको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै समाजमा सहयोग र सेवाको भावना विकास गर्नु रहेको छ ।

ब्याग वितरणपछि विद्यालयका प्रधानाध्यापक राजीव ओझाले सहयोगी अभियानमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहयोगले विद्यार्थीलाई उत्साहित बनाउने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस