२०८३ कार्तिक ६ गते शुक्रवार

वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने


दाङ । दाङसहित केहि क्षेत्रमा अहिले वर्षाको क्रम रोकिएको छ । करिब ४० घण्टा निरन्तर भएको वर्षा आज बिहानदेखि केहि कम भएको छ । बिहानको समयमा हावाहुरी समेत लाग्दा नागरिक त्रसित भएका थिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पनि पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहने छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

सोमबारदेखि भने देशका धेरैजसो ठाउँमा मौसम सुधार हुँदै जानेछ ।

अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । वर्षाको संभावना कायमै रहेकाले आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस