२०८३ असोज २० गते मङ्गलवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलमा अभिभावक भेला : शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धमा जोड


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले आइतबार अभिभावकसंग अन्तरक्रिया गरेको छ । विद्यालयले कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकसंग अन्तरक्रिया गरेको हो ।

बालबालिकाको शैक्षिक सुधारमा विद्यालयसंगै अभिभावकको भूमिका रहने भएकाले विद्यालयले अभिभावकसंग बृहतरुपमा अन्तरक्रिया गरेको हो । विद्यालयका प्रधानाध्यापक शिव पुनले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले बालबालिकाको शैक्षिक गुणस्तर ल्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा विद्यालय सञ्चालक समिति संयोजक कृष्णप्रसाद पोखरेल, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका सचिव जीवराज अधिकारी र प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी लगायतले बालबालिकाको शिक्षा, अनुशासन तथा समग्र विकासका लागि विद्यालयसँगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।

सहभागी अभिभावकहरुले बालबालिकाको पढाइ, व्यवहार र दैनिक गतिविधिप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । विद्यालयका शिक्षक लक्ष्मी घिमिरेले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अर्जुन बस्नेतले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस