दाङ । तुलसीपुरको बाहिनी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक स्थापना गरिने भएको छ । शालिक स्थापनाका लागि आइतबार शिलान्यास गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र शाहले शालिक स्थापनाको शिलान्यास गर्नुभएको हो ।
पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकीकरणको इतिहासलाई स्मरण गर्दै उहाँको सम्मानमा शालिक स्थापना गर्न लागिएको जय जीव अभियानका द्रष्टा उपेन्द्र पौडेलले बताउनुभयो ।
पृथ्वीनारायण शाह प्रतिष्ठानको आयोजना, चाँदनी टोल विकास संस्थाको अगुवाई तथा जय जीव दर्शन र हाम्रो नेपाल हामी नेपालीको सहकार्यमा शालिक स्थापना गर्न लागिएको हो ।
बाहिनी चोकमा शालिक स्थापना भएपछि उक्त स्थानले ऐतिहासिक व्यक्तित्वको स्मरणसँगै राष्ट्रिय एकीकरणको इतिहास र योगदानलाई नयाँ पुस्तामाझ परिचित गराउने आयोजकले जनाएको छ ।


























