२०८३ मङ्सिर ६ गते आइतवार

मामाघर गएका बालकको राप्ती नदिमा डुबेर मृत्यु


दाङ । तुलसीपुरबाट राजपुरमा मामाघर गएका बालकको राप्ती नदिमा डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ६ वर्षीय किसन डाँगीको मंगलबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार किसन आमा र अन्य बालबालिकासँग राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाघर गएका थिए । भाइटीकाका लागि आमासंगै मामाघर गएका बालकको मंगलबार दिउँसो राप्ती नदिमा डुबेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो मामाघरबाट अन्य बालबालिकासँग राप्ती नदीमा नुहाउन गएका किसन नदीमा डुबेका थिए । उनलाई अचेत अवस्थामा उद्धार गरी लमही अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले जाँचपछि मृत घोषणा गरेका थिए ।

किसनका बुबा खड्कसिंह डाँगी प्रहरी हवल्दार हुनुहुन्छ । उहाँ विपद व्यवस्थापन गुल्म तुलसीपुरमा कार्यरत रहेको प्रहरीले जनाएको छ । बाललको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस