दाङ । दाङको तुलसीपुर–७ स्थित सुन्दरनगर टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको तेस्रो साधारणसभाबाट पदम बहादुर रिजालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा इश्वरा पोखरेल, सचिवमा भिमप्रसाद सुवेदी, सहसचिवमा ओमप्रकाश वली, कोषाध्यक्षमा टोपमणी भुसाल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा टिका जिसी, बिष्णुप्रसाद रिजाल, मन्जु थापा, सीता केसी, भोजराज भण्डारी र अशोक रोका चयन हुनुभएको छ । यस्तै सल्लाहकारमा चेतबहादुर जिसी, दशरथ सुवेदी, मोहन थापा, रामप्रसाद शर्मा, ऋषिराम पौडेल, नारायण जिसी र निमबहादुर रिजाल चयन हुनुभएको छ ।
कार्यवाहक अध्यक्ष ईश्वरा पोखरेलको अध्यक्षता एवं तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि वडा अध्यक्ष जिसीले सभ्य र सुसंस्कृत समाज निर्माणमा टोल विकास संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सदस्य सीता भटराइको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव ऋषिराम पौडेलले गर्नुभएको हो । साधारणसभामा कोषाध्यक्ष नारायण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा पुर्व अध्यक्ष चेतवहादुर जिसी , सल्लाहकार मोहन थापा, रामप्रसाद शर्मा लगाएतले मन्तव्य राख्नुभएको हो । साधारणसभाले टालेमा नयाँ सदस्य प्रवेशका लागि एकमुष्ट २ हजार ५ सय रुपैँया लिने निर्णय पारित गरेको छ ।


























