२०८२ फाल्गुन २९ गते शुक्रवार

कला र सिपले भरिपूर्ण दलित समुदाय पछाडि परेको गुनासो

तुलसीपुर । कला र सिपले भरिपूर्ण दलित समुदाय पछाडि परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को आयोजनामा भएको छुवाछूत तथा भेदभाव सम्बन्धि सचेतना कार्यक्रममा सहभागी भएका बक्ताले दलित समुदाय सिप, कला, क्षमता, दक्षता र योग्यता भएर पनि पछाडि परेको बताएका हुन् ।

उनिहरुले जातका नाममा हुने विभेद अन्त्यका लागि आफुबाटै सुरुवात गर्ने प्रतिवद्धता जनाएका छन् । जतिय भेदभाव विरुद्ध दलित र गैरदलित समुदाय बिचको छलफलमा विभेद अन्त्यका लागि पहिले आफुबाट छुवाछुत अन्त्य गर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

त्यसअबसरमा प्रशिक्षक एवं मानव अधिकारकर्मी निर्मल नेपालीले मानिस जंगली, ढुङ्गे युग हुँदै अहिले आधुनिक जमानामा आउदा पनि भेदभाव अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले दलित समुदाय भएर नै अन्य समुदायको अस्तित्व रहेको बताउनुभयो ।

हातमा प्रसस्तै सिप, कलाले भरिपूर्ण भएका दलित समुदाय सधै पिछडिएको बताउनुभयो । उनिहरुको श्रम, सिप, कला चल्ने तर पानी नचल्ने भन्दै काम गर्ने श्रमिकलाई सम्मान गर्नुको साटोमा अझै विभेद गरिरहेको बताउनुभयो ।

जबसम्म दलितले म सानो र गैर दलितले आफ्नो सोच, विचार, व्यबहार, चिन्तन परिवर्तन गर्न सक्दैनन् तबसम्म विभेद अन्त्य नहुने बताउनुभयो । दलित समुदायका मानिसले सम्मानपूर्वक मान्छे भएर बाच्न नपाएको उहाँको भनाइ छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका महिला बालिबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जात, धर्म, लिंग र वर्गका आधारमा हुने विभेद अन्त्य नहुँदासम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो । विभेद अन्त्यका लागि कानुन बनेपनि व्यवहारमा कार्यान्वयन नभएको बताउनुभयो ।

श्रेष्ठले जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका भयो हुने बताउनुभयो । समाजमा रहेको जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्यका लागि गैरदलितहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो ।

यसैगरी वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले जात, धर्म, लिंग, कामका आधारमा हुने विभेद अन्त्य नहुँदासम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो । जातिय विभेद अन्त्यका लागि कानुनी सचेतना आवश्यक रहेको बताउनुभयो ।

तुलसीपुर ७ का वडा सदस्य डिला विश्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण वडाका कर्मचारी सन्तोस केसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस