दाङ। तुलसीपुरमा तातो तेलले जली एक किशोरी घाइते भएकी छिन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको ममता पाउरोटी उद्योगमा काम गर्ने क्रममा एक किशोरी तातो तेलले जली घाइते भएकी हुन् ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का पेसल राम सुनारको छोरी १७ वर्षका सृजना सुनार रहेको प्रहरीले जनाएको छ ।
आज आइतबार साँझ करिब ५ बजेतिर काम गर्ने क्रममा तेलको कराई निकाल्ने क्रममा तेलको कराई हातबाट छुट्न जाँदा खुट्टा र ढाडमा जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
घाइते सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सुनारको अवस्था मध्यम रहेको छ ।
पाउरोटी उद्योगका सञ्चालक रैबहादुर पुन र घाइते सुनारको दिदि समिक्षा विक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण संकलन गर्न इलाका प्रहरी चौकी विजौरीबाट प्रहरी नायब निरीक्षक भरत वलीको नेतृत्वमा दुई जनाको टोली खटिएको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो














