२०८३ जेष्ठ १६ गते शनिवार

चोरी भएको मोटरसाइकल एक सातापछि फेला, चार जना पक्राउ


दाङ। तुलसीपुरमा चोरी भएको मोटरसाइकल प्रहरीले एक सातापछि फेला पारेको छ ।

सल्यान दार्मा गाउँपालिका–५ घर भई हाल तुलसीपुर–५ पिपलबोटमा मैना लुगा घर फेन्सी स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय रामबहादुर केसीको मोटरसाइकल गत साउन २२ गते दिउँसो १ बजे चोरी भएको थियो । पसल अगाडि पार्किङ गरी राखेको रा.४ प ६२२८ नम्बरको केटिएम डुक २ सय सिसिको सुन्तला रङको मोटरसाइकल दिउँसोे १ बजेतिर चोरी भएको थिया ।

चोरी भएको मोटरसाइकल खोजतलास गदै जाँदा साउन २८ गते भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मोटरसाइकल तुलसीपुर–९ मनकामना टोलमा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ परेका छन् । तुलसीपुर–९ का १८ वर्षका सिताराम महतरा, सोही ठाँउका १८ वर्षका ईश्वर खड्का, १८ वर्षका बिवेक शाह र २१ वर्षका टेकेन्द्र वलीलाई दाजुभाइ चोकबाट पक्राउ गरेको प्रहरी निरिक्षक रानाले बताउनुभयो ।

उनिहरुलाई दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस