दाङ, १० भदौ । तुलसीपुर–६ को सगरमाथा टोल विकास संस्थाले तीज विषेश कार्यक्रम गरेको छ । कार्यक्रममा २१ जना सहभागीलाई गोलाप्रथाबाट विभिन्न उपहार प्रदान गरिएको छ । सगरमाथा टोल विकास संस्थाको आयोजना तथा गौरब सप्लायर्सको सहआयोजनामा कार्यक्रम भएको हो ।
गोलाप्रथामा ४०८ जना सहभागी रहेका थिए । उनीहरुमध्ये २१ जनालाई सिजी कम्पनिका प्रेसर कुकर, राइस कुकर, चपर, आइरन, इलेक्ट्रोनिक जग लगायतका सामग्री उपहार प्रदान गरिएको टोल विकास संस्थाका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।













