२०८२ फाल्गुन २९ गते शुक्रवार

आज पनि तिहार बिदा


दाङ । तिहार हिजो बिहीबार नै सम्पन्न भए पनि आज शुक्रबार सरकारी बिदा बाँकी नै छ । सरकारले आज शुक्रबार पनि तिहारकै नाममा बिदा दिएको हो ।

गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमै पनि यो वर्ष कात्तिक ३ देखि ७ गते शुक्रबारसम्म तिहार बिदा उल्लेख छ । तिथि घटबढका कारण यो वर्ष लक्ष्मीपूजा र भाइटीकाकै बिचमा पनि एक दिन बिदा थपिएको थियो। यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ ।

लामो सरकारी बिदाका कारण सरकारी कार्यालयका काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै विरोध हुने गरे पनि सरकारले तिहारका नाममा अनावश्यक बिदा दिएको हो । सोमबारदेखि बन्द सरकारी कार्यालय एक सातापछि आइतबार मात्र खुल्नेछन् । आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेको छ। यो दिन पनि सार्वजनिक बिदा छ ।

केही वर्षअघि तिथिकै घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन बिदा दिन शुरु गरेको थियो । तर केही पर्व नपरे पनि बिदा दिने क्रम भने रोकिएको छैन ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस