२०८२ चैत्र १ गते आइतवार

चालु वर्षको कार्तिक मसान्तसम्म तुलसीपुरमा ६ करोड बढी राजस्व संकलन


दाङ । तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा कार्यक्रम गरेको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गरी प्रगति समिक्षा गरेको हो ।

पालिकाले चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६ करोड २० लाख बढी राजस्व संकलन गरेको छ । वार्षिक ५३ करोड २० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा कार्तिक मसान्तसम्म ६ करोड २० लाख ७८ हजार ८५१ रुपैयाँ ८४ पैंसा संकलन गरेको राजस्व शाखा प्रमुख पुष्पलता घर्तीले बताउनुभयो ।

कार्तिक मसान्तसम्म सबैभन्दा धेरै भूमि तथा मालपोत करबाट राजस्व संकलन भएको छ । घर्तिका अनुसार भूमि तथा मालपोतकरबाट १ करोड ८ लाख ११ हजार ७४८ रुपैयाँ संकलन भएको छ ।

यस्तै सम्पत्ति करबाट ५२ लाख ३९ हजार ७०५ रुपैयाँ, बहाल बिटौरी करबाट ११ लाख ७६ हजार ६५० रुपैयाँ, र सवारी साधन करबाट ८ हजार ४ सय रुपैयाँ, पूर्वाधार सेवाको उपभोग करबाट १ लाख ९२ हजार ३५७ रुपैंया, ब्यवसाय करबाट ८ लाख ८६ हजार ६ सय रुपैंया राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उहाँले जेनजी आल्दोलनका कारणले पालिकाले लक्ष्य अनुसारको राजस्प संकलन गर्न नसकेको बताउनुभयो ।

यस्तै प्रगति समिक्षा कार्यक्रममा सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख ललिता घर्तिले पालिकामा १८१ ओटा सहकारी रहेकोमा कार्तिक मसान्तसम्म ६९ ओटा सहकारी नविकरण भएको जानकारी दिनुभयो ।

यस्तै पञ्जिकरण शाखाका प्रमुख यम नारायण सापकोटाले चालु वर्षको कार्तिक मसान्तसम्म ६७ जना जोडीले सम्बन्ध विच्छेद गरेको बताउनुभयो । उहाँले चालु वर्षको हालसम्म ३७३ जोडिले विवाह गरेको जानकारी दिनुभयो ।

कानुनी मामिला शाखाका प्रमुख लक्ष्मी रानाले कार्तिक मसान्तसम्म न्यायिक समितिमा २१ ओटा मुद्धा दर्ता भएको जाकारी दिनुभयो । जसमा जग्गा, बैंक खाता रोक्काको १२, जग्गा विवादको ३, लेनदेनको २, रुख विरुवा लगाएर असर पुर्‍याएको २, कुलोपानीको १ र अन्य गरी २१ ओटा नयाँ मुद्धा दर्ता भएको बताउनुभयो । उहाँले पाकिामा न्याय सम्पादनमका लागि हालसम्म १४८ वटा कानुनहरु निर्माण भएको जानकारी दिनुभयो ।

कार्यक्रममा पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखा प्रमुख झरेन्द्र कुमार खरेल, उद्योग तथा ब्यवसाय शाखा प्रमुख रेखा शर्मा, फोहोरमैला ब्यपस्थापन शाखा प्रमुख रेवा रावत, पशुसेवा शाखा प्रमुख डा.मनोज ओली, शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारी, जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपाने, कृर्षि शाखाका शंकर न्यौपानेले आ्‌–आफ्‌नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

यस्तै तुलसीपुर उममहानगरपालिकाका १९ वटै वडाका सचिवहरुले वडाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस