२०८२ फाल्गुन २९ गते शुक्रवार

खानेपानी सुरक्षा समितिले नियमन गर्ने


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वितरण क्षेत्रभित्र नियमन तथा अनुगमन गर्ने भएको छ । खानेपानी संस्थाद्वारा गठित खानेपानी सुरक्षा समितिले वितरण क्षेत्रभित्र नियमन तथा अनुगमन गर्ने भएको हो ।

समिति संस्थाले पानी वितरण गर्दै आएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ वडामा दुई हजार धारा वितरण गरेको छ ।

समितिका संयोजक मुकेश वलीको अध्यक्षतामा बसेको बैठकले वितरण क्षेत्रमा आएका समस्या समितिका सदस्यहरुले समन्वय गरेर समाधान गर्ने निर्णय गरेको सदस्य सचिव गोकर्ण पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सदस्य प्रादेशिक आयुर्वेद चिकित्सालयका डाक्टर योगेश वैद्यले खानेपानी शुद्वीकरण गरेर पिउनुपर्ने बताउनुभयो । उहाँले अशुद्व खानेपानीकै कारण झाडा पखाला,आउँ,हैजा,टाइफाइड रोग लाग्ने भएकाले पानी उमालेर,फिल्टर गरेर पिउनुपर्ने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस