दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा ८ करोड २१ लाख बढी राजश्व संकलन गरेको छ । पालिकाले सार्वजनिक गरेकोे विवरण अनुसार गत आर्थिक वर्षमा २०८१/०८२ मा वडागत रूपमा ८ करोड २१ लाख ८५ हजार ९८२ रुपैंया ८६ पैंसा राजश्व संकलन गरेको हो ।
प्रशासन तथा जनशक्ती व्यवस्थापन शाखाका प्रशासकीय अधिकृत लेखनाथ आचार्यले वडागत विवरणअनुसार वडा नम्बर ६ ले सबैभन्दा धेरै राजश्व संकलन गरेको जानकारी दिनुभयो । तुलसीपुर उवमहानगरपालिकाको १९ वटा वडा मध्ये सबै भन्दा धेरै राजश्व ६ नम्बर वडाले संकलन गरेको उहाँले बताउनुभयो । आचार्यका अनुसार वडा नम्बर ६ ले मात्रै वितेको आर्थीक वर्षमा १ करोड २० लाख १ हजार ४ सय १८ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
यस्तै दोस्रोमा वडा नम्बर ५ रहेको छ । ५ नम्बर वडाले गत आर्थिक वर्षमा १ करोड ५ लाख १५ हजार ७०७ रुपैंया, वडा नम्बर ७ ले ६५ लाख २ हजार १८९ रुपैंया, वडा नम्बर ९ ले ५८ लाख ९२ हजार ५६७ रुपैंया, वडा नम्बर १२ ले ४८ लाख ४६ हजार १३८ रुपैंया राजश्व संकलन गरेको आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ८ ले ४६ लाख ६ हजार २०५ रुपैंया, वडा नम्बर १७ ले ४४ लाख ४६ हजार ८१९ रुपैँया, वडा नम्बर १८ ले ४१ लाख, ८५ हजार ८५८ रुपैंया ६६ पैंसा, वडा नम्बर १५ ले ३२ लाख ७० हजार ९६ रुपैँया, वडा नम्बर १० ले ३१ लाख ९८ हजार ३९ रुपैँया, वडा नम्वर १६ ले ३१ लाख ७७ हजार ४७५ रुपैंया, वडा नम्बर ११ ले ३० लाख ५६ हजार २२२ रुपैंया संकलन गरेको थियो ।
त्यसैगरी वडा नम्बर ४ ले ३० लाख ३० हजार ३२२ रुपैंया, वडा नम्बर १४ ले २७ लाख ९० हजार ४१६ रुपैंया, वडा नम्बर ३ ले २६ लाख २६ हजार २८८ रुपैंया, वडा नम्बर १९ ले २३ लाख ५२ हजार ६८० रुपैंया, वडा नम्बर १३ ले २१ लाख ९३ हजार १६३ रुपैंया, वडा नम्बर २ ले २० लाख ९३ हजार ६७८ रुपैंया र वडा नम्बर १ ले १४ लाख ७०२ रुपँैया संकलन गरेका छन् ।
उपमहानगरपालिकाका अनुसार घरबहाल कर, व्यवसाय कर, सेवा शुल्क, सिफारिस दस्तुरलगायत शीर्षकबाट राजश्व संकलन भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा उपमहानगरपालिकाले आगामी दिनमा करको दायरा विस्तार, करदातालाई सहजीकरण र डिजिटल प्रणालीको प्रयोग बढाएर राजश्व संकलन अझ प्रभावकारी बनाउने योजना रहेको जनाएको छ ।














