दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढेको छ ।
प्रत्यक्षतर्फका उमेदवारले आज उम्मेदवारी मनोनयन दर्ता गर्दैछन् ।
दाङमा पनि तीन वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ताका लागि आवश्यक तयारी पूरा भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालयहरूले पनि आवश्यक सुरक्षा र प्रशासनिक तयारी पूरा गरेका छन् ।
आजको मनोनयन दर्तापछि जिल्ला जिल्लामा चुनावी सरगर्मी अझै बढ्ने छ ।















