२०८३ जेष्ठ २० गते बुधवार

क्यान्सर पीडित ललित नाथको उपचारका लागि सहयोगको अपिल


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ अस्थायी ठेगाना भई हाल सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको लालझाडी गाउँपालिका–५ मा बसोबास गर्दै आएका ४३ वर्षीय ललित नाथ क्यान्सर रोगसँग जुधिरहनु भएको छ । जन्डिस बिग्रँदै जाँदा उहाँलाई लिभर क्यान्सर पुष्टि भएको छ । साथै मृगौलामा समेत समस्या देखिएको उहाँका श्रीमती पार्वती देवी नाथले जानकारी दिनुभयो ।

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो । हालसम्म उपचारका लागि १० लाख रुपैयाँसम्म खर्च भइसकेको र अझै कति खर्च लाग्ने भन्ने यकिन नभएको उहाँको भनाइ छ ।

ललित नाथको सुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर खर्च धान्न झन् गाह्रो भएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेको पार्वती देवी नाथले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले परिवारले सहयोगका लागि सबैसँग अपिल गरेको छ । सहयोग गर्न इच्छुक महानुभावले बिरामीको श्रीमती पार्वती देवी नाथको नाममा रहेको लुम्बिनी विकास बैंकको खाता नम्बर ०८५१३०२०२६९१७८०००००१ मा रकम जम्मा गर्न सक्ने बताइएको छ ।

साथै, बिरामीको अवस्थाबारे थप जानकारी लिन तथा प्रत्यक्ष सहयोगका लागि ९८०६४६९४३८ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ । परिवारले मानवीय सहयोगको अपेक्षा राख्दै जीवनरक्षाका लागि सबैसँग साथ र सहयोगको आशा गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस