दाङ। तुलसीपुरमा आज बिहान अज्ञात समुहले सिलिन्डर बम बिष्फोट गराएको छ । तुलसीपुर–६ अटोभिलेजदेखि तलतिर गाइपालन फर्मदेखि पश्चिमतर्फ पातुखोलामा अज्ञात समुहले सिलिन्डर बम विष्फोट गराएको हो ।
मंगलबार बिहान साढे ७ बजेतिर बम विष्फोट गराएको आवाज आएको हो । घटनास्थलमा सिलिन्डरका टुक्राहरु फेला परेका छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा चुनावलाई लक्षित गरेर त्रसित गराउन अज्ञात समुहले विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनामा अरु कुनै क्षति भने भएको छैन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले प्रहरी घटनास्थलमा पुगेको बताउनुभयो । बिहान साढे ७ बजेतिर आवाज आएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो ।














