दाङ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दाङका भारतसँग जोडिएका सबै सीमा नाका बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले आज सूचना जारी गर्दै फागुन २१ गते बिहिबार हुने निर्वाचनलाई लक्षित गरी फागुन १८ गते मध्यराति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द रहने जनाएको हो ।
निर्वाचन अवधिमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उक्त अवधिमा आवत–जावत गर्दा आवश्यक तयारी गर्न तथा सूचनाको पालना गर्न अनुरोध गरेको छ ।















