२०८३ जेष्ठ २८ गते बिहिवार

निर्वाचन केन्द्रित रिपोर्टिङबारे तुलसीपुरमा छलफल कार्यक्रम


दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज तुलसीपुरमा ‘निर्वाचनका क्रममा मतदानस्थल केन्द्रित रिपोर्टिङ’ विषयक छलफल कार्यक्रम गरेको छ ।

भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता र पत्रकारको भूमिकाबारे छलफल हो । नेपाल पत्रकार महासंघ दाङ शाखका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि पोख्रेलले निर्वाचनका दिन जिम्मेवार र सन्तुलित ढंगले रिपोर्टिङ गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले पत्रकार तथा सञ्चारमाध्यमहरुलाई निर्वाचन आचारसंहिताको पालना गरी समाचार संप्रेषण गर्न सुझाव दिनुभयो ।

मतदाताको गोपनीयता कायम राख्दै तथ्यपरक, सन्तुलित र जनविश्वासमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गदै रिपोर्टिङका क्रममा पत्रकारहरूले आफ्नो सुरक्षाप्रति समेत सचेत रहनुपर्नेमा जोड दिनुभयो । पोखरेलले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदीप गौतमले भोली हुने आम निर्वाचन राजनीतिक दलका उम्मेदवारहरूको मात्र नभई सञ्चारकर्मीहरूको पनि परीक्षा भएको बताउनुभयो । सञ्चारकर्मीले आफ्नो पेशागत तटस्थता कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने परीक्षाको दिनका रूपमा निर्वाचनलाई लिनुपर्ने जोड दिनुभयो ।

दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले मतदानको दिन पत्रकारहरूको आवतजावतलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत अस्थायी प्रेस पास उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले उक्त पास अनिवार्य रूपमा साथमा राखी जिम्मेवार ढंगले रिपोर्टिङ गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विषय प्रवेश उपाध्यक्ष नारायणी रजौरेले गर्नुभएको थियो । उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस