दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पाटीले फराकिलो मन्तान्तरले अग्रता कायम राखेको छ । रास्वापका देवराज पाठक सबैभन्दा बढी २ हजार ३८१ मतले अघि रहनुभएको छ । उहाँलाई नेपाली कांग्रेसले पछ्याएको छ । कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याउनुभएको छ । क्षेत्र नम्बर १ मा नेकपा एमाले तेस्रोमा छ ।
एमालेका उमेदवार रेवतीरमण शर्माले ३४० मत ल्याउनुभएको छ । यस्तै नेपाली कम्युनिष्ट पाटीका मेटमणी चौधरीले २२९ मत ल्याउनुभएको छ । यस्तै राष्ट्रिय जनमोर्चाका गणेश आचार्यले ६५ मत ल्याउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका बिनय बिसीले ३९ मत ल्याउनुभएको छ ।














