२०८३ बैशाख १८ गते शुक्रवार

एमाले महासचिव शंकर पोखरेलको चुनावी खर्च साढे १७ लाख

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनावमा साढे १७ लाख रुपैयाँ खर्च भएको विवरण पेस गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालयमा बुझाएको खर्च विवरण महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो ।

पोखरेल दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पाटीका सहमहामन्त्री विपिन आचार्यसंग पराजित हुनुभएको हो । पोखरेलले चुनावका लागि ५० हजार मतदाता नामावली खरिद बापत खर्च गर्नुभएको छ । सवारीसाधनका लागि ३ लाख ५० हजार, सवारी इन्धनका लागि ३ लाख, प्रचारप्रसार, ढुवानी र गोष्ठीका लागि ४ लाख ५० हजार खर्च गर्नुभएको छ ।

त्यस्तै, अन्य प्रचारका लागि २ लाख, कार्यालय संचालन गर्न एक लाख ५० हजार, प्रतिनिधि परिचालन गर्न एक लाख र विविध विषयका लागि एक लाख ५० हजार खर्च गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस