२०८३ बैशाख ६ गते आइतवार

तुलसीपुरमा आजदेखि टिभिएस एक्सचेञ्ज तथा फाइनान्स मेला सुरु


दाङ । दाङको तुलसीपुरमा टिभिएस मोटरसाइकल तथा स्कुटरको एक्सचेञ्ज तथा फाइनान्स मेला आजदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवा, घोराही रोडस्थित कृषि विकास बैंक अगाडि “टिभिएस महा एक्सचेञ्ज तथा फाइनान्स मेला” सञ्चालनमा आएको हो ।

नेपालका लागि टिभिएसको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रालि र तुलसीपुरका आधिकारिक विक्रेता श्रियम अटो प्रालिको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो ।

मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साट्ने (एक्सचेञ्ज) सुविधासहित आकर्षक रिकन्डिसन मूल्य उपलब्ध गराइएको आयोजकले जनाएको छ । साथै नागरिकता र लाइसेन्सका आधारमा सहज फाइनान्स सुविधा पनि प्रदान गरिएको टिभिएस तुलसीपुरका सञ्चालक शिव पुरीले जानकारी दिनुभयो ।

टिभिएसले भर्खरै मात्रै आफ्नो बहुचर्चित मोडल एनटर्कलाई नेपाली बजारमा १ लाख पचास हजार अन द रोड कटि सकेको सेलेब्रेसन गरी रहेको छ । कम्पनीसँग ११० सिसीदेखि ३१० सिसीसम्मका विभिन्न मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन् ।

चैत ८ गतेदेखि सुरु भएको मेला चैत १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपाली बजारमा टिभिएस ब्रान्डको लोकप्रियता बढ्दै जाँदा कम्पनीले बजार विस्तारलाई अझ आक्रामक बनाउँदै लगेको छ । विविध रेन्जका सवारीसाधन उपलब्ध गराउने ब्रान्डमध्ये टिभिएस अग्रस्थानमा रहेको दाबी गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस