दाङ । नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
मुगुको सोरु गाउँपालिका–१० घर भई हाल चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–१५ बाट उनलाई पक्राउ गरिएको होबिन्द्र बोगटीले जानकारी दिनुभयो । मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















