दाङ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा दाङबाट प्रतिस्पर्धा गरेका ६० जना उम्मेदवारमध्ये १० जनाले अझै खर्च विवरण बुझाएका छैनन् । फागुन २१ गते निर्वाचन भएको थियो ।
निर्वाचन ऐन २०७४ को दफा ७२ अनुसार उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर अझै १० जनाले खर्च विवरण पेश गरेका छैनन् ।
दाङका तीनवटा निर्वाचन क्षेत्रमा कुल ६० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा हालसम्म ५० जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
खर्च विवरण नबुझाउने उम्मेदवारहरूमा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका आम जनता पार्टीका उम्मेदवार सिताराम यादव, क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डिराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आम जनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डे रहेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरीले हालसम्म खर्च विवरण नबुझाएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्रबहादुर कवरले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र खर्च विवरण नबुझाएमा कानुनी कारबाही हुने प्रावधान रहेको छ ।
खर्च विवरण बुझाउने उम्मेदवार
सूचना अधिकारी कवरका अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकको निर्वाचन खर्च १७ लाख ६२ हजार ३२६, नेपाली कांग्रेसबाट उम्मेदवार रहेका योगेन्द्र चौधरीकोे ३० लाख, एमालेका रेवती रमन शर्मा घिमीरेको १९ लाख ५५ हजार, नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले ६ लाख ४४ हजार, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्यले ३ लाख ३ हजार, नेपाली कम्युनिष्ट पार्टी(माओवादी) का प्रकाश शाहीले ६ लाख ३० हजार २५ रुपैयाँ खर्च भएको विवरण दिएको सूचना अधिकारी कँवरले जानकारी दिनुभयो ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका भरतलाल चौधरीले ४ लाख २७ हजार ५ सय, राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरीले १ लाख ५५ हजार, नेसनल रिपब्लिक नेपालका मीणबहादुर ठेडीको ६५ हजार, राप्रपाका विनय बिसीको ६ लाख २० हजार, स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीले ४ लाख, स्वतन्त्र उम्मेदवार मालिकराम यादवले १ लाख ६५ हजार र मंगोल नेशनल पार्टीका खुमबहादुर गाहले ३३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्यले १६ लाख २९ हजार ५ सय ६२, नेकपा (एमाले) का शंकर पोखरेलले १७ लाख ५० हजार, कांग्रेसका किरण किशोर घिमिरेले २० लाख ९७ हजार २२ रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले १९ लाख ४० हजार, स्वतन्त्र उम्मेदवार धर्मराज शर्माले १ लाख २२ हजार ४ सय ५५, कल्पना लामाले २ लाख १३ हजार, बालाराम पौडेलले २ लाख ६६ हजार,स्वतन्त्र उम्मेदवार लालबहादुर खत्रीको २ लाख ३५ हजार,राष्ट्रिय जनमोर्चाका मणिराम खनालले दुई लाख ८० हजार, स्वतन्त्र उम्मेदवार समिर ओलीले १० हजार, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपालीले २० हजार, मङ्गगोल नेशनल अर्गनाइजेसनका अमरबहादुर बुढाल ५७ हजार, मितेरी पार्टी नेपालका रेवतबहादुर पुनमगरले १ लाख २७ हजार रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिकेश पोखरेलले २ लाख २५ हजार, नेसनल रिपब्लिक नेपालका जितन पुनले ४५ हजार ७ सय, स्वतन्त्र उम्मेदवार विष्णुकुमारी भुसालले १ लाख ७२ हजार, स्वतन्त्र उम्मेदवार विष्णुविक्रम सेन ओलीले १० हजारर नेपाल मजदुर किसान पार्टीका नवीन कुमार शाहीले सबै खर्च पार्टीले बेहोरेकाले व्यक्तिगत खर्च नभएको जानकारी गराएको सूचना अधिकारी कवरले बताउनुभयो ।
त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीलेे २४ लाख ८ हजार २४२, नेपाली कांग्रेसका दीपक गिरीलेे १९ लाख ८४ हजार २६५, नेकपा एमालेका घनश्याम पाण्डेले २४ लाख ६७ हजार २९६, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले १८ लाख ८५ हजार,नेपाली कम्युनिष्ट पार्टी(माओवादी) का बल बहादुर ओलीले ६ लाख ३५ हजार ३ सय, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराले ३१ हजार रुपैंया खर्च भएको विवरण बुझाउनुभएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार महेश डाँगेको ४१ हजार स्वतन्त्र उम्मेदवार भरत परियारको ५१ हजार, सुरेश नेपालीको १ लाख १७ हजार, आम जनता पार्टीका पाण्डवी नेपालीको एक लाख ४० हजार, मंगोल नेशनल अर्गनाइजेसनका घनश्याम चौधरीको १ लाख ३२ हजार, राष्ट्रिय जनमोर्चाका कमला जिसीको ७५ हजार, नेसनल रिपब्लिक नेपालका प्रितम चौधरीको ३९ हजार ७ सय, स्वतन्त्र उम्मेदवार प्रेमबहादुर ओलीको ६४ हजार ५ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका दामोदर भण्डारीको पाँच लाख, संयुक्त नागरिक पार्टीका दलवीर कामीको ९९ हजार ४ सय, स्वतन्त्र उम्मेदवार मेघराज केसीको ३ लाख ६५ हजार, स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर बस्नेतको १ लाख १० हजार र स्वतन्त्र उम्मेदवार सप्रिक कडेलको २ लाख ३० हजार रहेको छ ।















