दाङ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले मिटर रिडिङ प्रणालीमा प्राविधिक समस्या देखिएको जनाएको छ । प्राधिकरणले एक सूचना जारी गदै देशभर लागू गरिएको मिटर रिडिङ (अपलोडिङ/डाउनलोडिङ) प्रणालीमा समस्या आएपछि रिडिङ कार्य प्रभावित भएको जनाएको हो ।
केन्द्रका अनुसार समस्या समाधान नभएसम्म मिटर रिडिङ तथा बिलिङ कार्यमा ढिलाइ हुन सक्नेछ । त्यसैले समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकहरुलाई सहकार्य गर्न तुलसीपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले आग्रह गर्नुभएको छ ।
उहाँले ग्राहकहरुलाई आफ्नै मिटरमा देखिएको अंक स्पष्ट देखिने गरी फोटो वा भिडियो खिचेर कार्यालयमा सम्पर्क गर्न तथा ग्राहक परिचय खुल्ने कागज (जस्तैः पुरानो बिल वा ग्राहक आईडी) सहित कार्यालयमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
असहज परिस्थितिका कारण ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ ।















