२०८३ बैशाख ५ गते शनिवार

पूर्वी रजौरामा संचालित महायज्ञमा दानदाताको उत्साह


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६, शिवशक्ति टोल पूर्वी रजौरामा मंगलबारदेखि जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा श्रद्धालुहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।

शिवशक्ति टोल विकास संस्था तथा शिवशक्ति पशुपतिनाथ मन्दिरको आयोजनामा सञ्चालन भइरहेको महायज्ञको तेस्रो दिन सहभागीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

महायज्ञ व्यवस्थापक तिलकराम शर्माका अनुसार दोस्रो दिन नगद ४२ हजार ८९१ रुपैयाँ संकलन भएकोमा तेस्रो दिनसम्म आइपुग्दा आर्थिक सहयोग बढेर ९२ हजार ९५० रुपैयाँ पुगेको छ ।

चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथावाचकका रूपमा सुप्रसिद्ध पण्डित चन्द्रकान्त काफ्ले तथा उपवाचक पण्डित रोहित सुवेदी रहनुभएको छ । मन्दिर परिसरमा रहेको योग भवनको भौतिक पूर्वाधार निर्माण तथा समग्र विकासका लागि महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

तेस्रो दिनको कार्यक्रममा शिवशक्ति टोल पूर्वी रजौरा लौलीगनार दाङका अध्यक्ष अर्जुन नाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा ३ सयभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस