दाङ । दाङमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट शान्तिनगर ४ बैसा निवासी २८ बर्षीया आशा खड्का घाइते हुनुभएको छ ।
उहाँको टाउकोसहित विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उहाँलाई बिहिबार छिमेकी ४५ बर्षीय तिलकराम घर्तीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
आलीसाँधीका कारण खुकुरी प्रहार हुँदा गम्भीर घाइते भएकी खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको छ । खुकुरी प्रहार गर्ने घर्ती फरार छन् ।
घर्ती पूर्व सुरक्षाकर्मी रहेको समेत स्थानीयले बताएका छन् । साथै खुकुरी प्रहारबाट खड्काकी छोरी ७ बर्षीया आयुसा र देउरानी २२ बर्षीया समीक्षा पनि घाइते छन् ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।














