२०८३ जेष्ठ २७ गते बुधवार

राप्ती अञ्चल ढुवानी व्यवसायी संघले बढेको भाडादर लागु गर्ने


दाङ । राप्ती अञ्चल ढुवानी व्यवसायी संघ तुलसीपुरले ईन्धनको मूल्य वृद्धिसंगै सरकारले बढाएको भाडादर लागु गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष खेमजंग बस्नेतको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले ढुवानी भई आउने मालवस्तुमा नयाँ भाडादर लागु गर्ने निर्णय गरेको हो ।

सरकारले गत बुधबार मालवाहक गाडीको भाडा बढाएको थियो । सोही अनुसार राप्ती अञ्चल ढुवानी व्यवसायी संघ तुलसीपुरले पनि ढुवानी भई आउने मालवस्तुमा भाडादर बढाएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यस्तै आज पनि नेपाल आयल निगमले पट्रोलियम पदार्थको मूल्य बढाएको छ । सरकारले नयाँ भाडादर निर्धाणर गरेलगत्तै संघले बैठक बसेर ढुवानी भई आउने मालवस्तुमा नयाँ भाडादरलाई कार्यान्वयनमा लैजाने निर्णय गर्ने सचिव चिरञ्जीवी पोडेलले जानकारी दिनुभयो ।

सरकारले २०७८ साल चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट इन्धनको मूल्यमा हुने घटबढअनुसार भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली लागू गरेको थियो । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा त्यही अनुपातमा भाडा समायोजन गर्ने स्वचालित व्यवस्थाअनुसार भाडा बढाउने निर्णय गरेको विभागले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस