
दाङ, २० चैत । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार तुलसीपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले उत्पादनमूलक क्षेत्रमा लगानी परिचालन गरी रोजगारी सिर्जना गर्नतर्फ सहकारीले जोड दिनुपर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले सहकारी संस्थाहरुले गरेका काम प्रशंसनिय रहेकोे बताउनुभयो ।
उहाँले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी प्रदान गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय केही नराम्रा सहकारीको कारणले राम्रा सहकारीहरुलाई पनि असर गरेको बताउनुभयो ।
सहकारीको पुँजी सहि परिचालन हुनुपर्नेमा जोड दिदै हाम्रो पहुँच सहकारी संस्थाले शिक्षामा लगानी गरे जस्तै अरुरु सहकारीहरुले पनि यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रराज भण्डारीले सहकारीमार्फत आर्थिक सशक्तीकरण, महिला उद्यमशीलता प्रवद्र्धन, कृषि उत्पादनमा वृद्धि र वित्तीय पहुँच विस्तारमा योगदान पुर्याएकोे बताउनुभयो ।
उहाँले सहकारीलाई नियमन गर्ने अर्को निकाय नहुने भन्दै सहकारी आफैले स्वनियमन गर्ने बताउनुभयो । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका भण्डारीले सहकारीलाई सफल बनाउन सहकारीका पदाधिकारीमात्रै नभएर सदस्यहरुको चासो पनि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा सरकारले लाखौ नागरीकलाई रोजगारी प्रदान गरेको जानकारी दिनुभयो । उहाँले सबै सहकारी मिलेर राम्रो काम गर्नुपर्नेमा जोड दिदै उहाँले तुलसीपुरका सबै वडामा फरक फरक प्रकृतिका सहकारी संस्था संञ्चालन गर्न योजनाहरु बनाउनुपर्ने बताउनुभयो । राज्यको सहयोग र प्रवद्र्धन बिना पनि सहकारी सञ्चालन गरीरहेको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिका सहकारी शाखा संयोजक खुशीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको सहकारी शाखा तथा रोजगार प्रवद्धन समितिका सदस्य रुप बहादुर खत्रीले सहकारी सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रममा जनसेवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारीले गाँउ गाँउमा सहकारीको स्थापना भएपछि नागरीकसंग भएको सानो सानो पूजी बजारका बैंकमा जम्मा गर्न जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।
यस्तै राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखा प्रमुख पुष्पा अर्याल, सहकारीको प्रतिनिधत्व गदै चित्रा धिताल, लिला बहादुर खड्का लगायतकाले सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगाएर आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
सहकारी समितिका सदस्य धनराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहकारी शाखा तथा रोजगार प्रवद्धन शाखाका छैठौ अधिकृत सुनिता पाण्डेले गर्नुभएको हो । कार्यक्रममा विभिन्न सहकारीमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
