२०८२ मङ्सिर २७ गते शनिवार

दाङ गजल महफिलः गुञ्जिए गजलकार


गजल अभियान दाङले चौंथो गजल महफिल कार्यक्रम गरेको छ । कार्यक्रममा दाङका गजलकार सुशिल पुन ‘विरही’, अभि क्षेत्री ‘समर्पण’ र बर्दियाका गजलकार निर्मला शर्मा, ले गजल वाचन गर्नु भएको हो । गजलमा माया, प्रेम, मिलन, विछोड, देशप्रेम, विद्रोह, राजनिती लगायतका थुप्रै विषय समावेस भएको थियो ।

गजलकार सुशील पुन ‘विरही’ ले जस्तो फलामलाई फलामकै घन परेको छ, उस्तै मलाई आफन्त कै वचन परेको छ भन्दै दम्दार गजल वाचन गर्नु भएको हो । उहाले तिमी भोटमा बस्छौ भोटी पठाई देऊ, कोशी आईदियो लौन माडी आईदियो, झर्छ मान्छे हदै तल झर्छ धनका लागि, रहेन अचेल यो प्यार पनि प्यार जस्तो, बरु यही बेहोसीमा हराउन दामी लाग्छ लगायतका गजल सुनाउनुभयो ।

यसैगरी अर्का गजलकार अभि क्षेत्री ‘समर्पण’ ले देख्दै पनि डाहा हुन्छ जीवन के आहा हुन्छ, विहे पहिले वाहा हुन्छ, विहे पछि स्वाहा हुन्छ भन्दै सबैको ध्यान गजलमा केन्द्रित बनाउनुभयो ।

उहाँले एउटाको सिन्दुर मिल्यो अर्काको घर मिल्यो, होला कतिपयलाई यो कुरा अवगत नभएको, यहाँ मित्रहरु बराबर प्यार अरु कसले गर्छ, अंगालो हालेर पिट्युमा प्रहार अरु कसले गर्छ लगायतका गजल वाचन गर्नु भएको हो ।

यसैगरी गजलकार निर्मला शर्माले दिल बनेर आउँछन् धडकन बनेर आउँछन्, नजारा देखाउन कोही नयन बनेर आउँछन् भन्दै गजल गित गाउनु भएको हो । उहाँले कहाँ चुक्यो वचन तिम्रो र मेरो, मात्रै म देख्छु छायाँ तड्पिन्छु सम्झनामा, म तिम्रै मायाको पुजारी बनेर लगायत गजल वाचन गर्नुभयो ।

गजल महफिलमा संगितकार तथा गायक सन्तोष रजौरेले गीति गजल सुनाउनु भएको हो । उहाँले कसले चोर्यो मेरो निद आँखाबाट, के लेख्यो खै भाग्य रेखा तिमीलाई पाउन लेखेन न छ, जिन्दगीले ओझेल पार्यो दैवले नि देखेन छ लगायत गीति गजल सुनाउनुभयो ।

यस्तै संगितकार तथा गायक यादवनाथ योगीले पनि गजल गित सुनाउनुभयो । उहाँले हार्मोनियम वादक मदन रेग्मी, तबला वादक विकास मजगैयाको सहयोगमा हाम्रो मायाको हावा चल्यो मन्दमन्द, डाहा गर्नेहरुको मुटु जल्यो मन्द मन्दलगायत गजल गाउनुभयो ।

गजल अभियान दाङले गजलकार तथा सर्जक रामगोपाल यादव, यादवनाथ योगी र शशी शर्मा मजगैँयालाई सम्मानसहित पुरस्कृत गरेको छ । त्यस अवसरमा गजलकार शशी शर्मा मजगैयाले गजल सुनाउदै लेखनको विकाससँगै गजलको संस्थागत विकासका लागि यस्ता कार्यक्रमले साहित्यकारलाई थप जम्मेवार बनाउने बताउनुभयो ।

कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीले साहित्यमा गजलको महत्व र भुमिका बढ्दै गएको बताउनुभयो । नेपाली साहित्यमा ८० को दशकलाई गजलको दशकका रुपमा समेत अघि बढाउने काम भइरहेको उहाँको भनाइ छ ।

यस्ता कार्यक्रमलाई अझै व्यापक बनाउन सके गजलको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले गजलले मनको भाव बोल्ने, शब्द मार्फत मनका हरेक कुरा व्यक्त गर्न सकिने बताउनुभयो । गजलका आफ्नै नियम हुने भएकाले गजल साहित्यको खास विधा भएको उहाँको भनाइ छ ।

गजल अभियान दाङको आयोजनमा शनिबार भएको कार्यक्रमा गजलप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो । गजल अभियान दाङका उपाध्यक्ष आदिम केसीको अध्यक्षता तथा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

गजलकार प्रतीक संग्रामीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गजल अभियान दाङका सचिव प्रकाश केसी र गजलकार कपिल लामिछानेले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस