२०८३ भाद्र २९ गते सोमवार

दमारगाउँ चर्चको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन


तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा रहेको दमारगाउँ चर्चको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

चर्चका अध्यक्ष मिरा रसाइलीको अध्यक्षता तथा एजी फेलोसिप लुम्बिनी प्रदेशका अध्यक्ष पास्टर शालिकराम साहुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि साहुले समाजमा विदेशी धर्म मान्नु हुँदैन भन्ने सोच रहेको भन्दै धर्म स्वदेशी र विदेशी नहुने बताउनुभयो। व्यक्तिले विश्वास गर्ने र आस्था राख्ने विषय नै धर्मको मूल मर्म रहेको उहाँको भनाइ थियो ।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन पास्टर टोपबहादुर महताराले पेश गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता बिष्टले पेश गर्नुभएको थियो ।

कार्यक्रममा दाङ ईसाई समाजका कोषाध्यक्ष जिएल नेपाली, पास्टर ललित बुढालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाका उपाध्यक्ष विष्णु पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रोजिना भुजेलले गर्नुभएको थियो ।

यसैबीच, आजै सम्पन्न प्रथम अधिवेशनबाट चर्चको पास्टरमा दोस्रो कार्यकालका लागि पास्टर टोपबहादुर महतरा चयन हुनुभएको छ ।

त्यसपछि विष्णु पुनको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

समितिको उपाध्यक्षमा गीता कुमारी बिष्ट, सचिवमा सम्झना कुमारी बिक र कोषाध्यक्षमा धनसरा विक चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा डम्बरबहादुर खाम्चा, ललित बहादुर बुढामगर, सीताकुमारी पुन, नारायणी कुमारी केसी, रोजिना भुजेल र एलिसा चन्द रहनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस