दाङ, १२ बैशाख ।
तराई–मधेशका जिल्लामा आज पनि गर्मी अत्यधिक हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार सबैजसो प्रदेशको तराई–मधेश क्षेत्रमा उच्च गर्मी हुने सम्भावना रहेको छ ।
यस्तै लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भैरहवाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४० डिग्री नाघेको थियो ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
ती प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।













