दाङ। दाङ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानैदेखि छिटफुट वर्षा भइरहेकोे छ । अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म भएको छ ।
आज दिउँसो लुम्बीनी प्रदेशसहित कर्णाली, सुदुरपश्चिम, गण्डकी लगायत देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सिसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ ।













