२०८२ जेष्ठ ८ गते बिहिवार

बाटो खोल्ने सहमतिपछि अबरुद्ध सडक सञ्चालन

दाङ । बाटो खोल्ने सहमतिपछि अबरुद्ध रहेको घोराही जाने सडक सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको पुरानो मानसरोवरको पश्चिमतर्फ रहेको ट्रान्सपोर्टनगर जानेे बाटोमा ट्रक नछिरेपछि बाटो अबरुद्ध भएको थियो ।

बाटो चौडा बनाउने सहमति पछि राप्ती अञ्चल ढुवानी व्यवसायी संघले ट्रक हटाएपछि बाटो सञ्चालनमा आएको हो । व्यवसायीले घोराही चोकमा मालबाहक ट्रक बिचबाटोमै तेर्साउँदाखेरी सडक करिब एक घण्टासम्म अबरुद्ध भएको थियो ।

सडक अबरुद्ध भएपछि तुलसीपर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी( वर्षात) को पहलमा बाटो फराकिलो बनाउने सहमति भएको हो । बिच बाटो मै हुँदै आएको व्यापार हटाएर उपमहानगरपालिकाको जेसिभिले बाटो फराकिलो बनाएको हो । स्थानिय घरधनी जानकी प्रसाद धितालले प्रयोग गदै आएको जग्गामा जेसिभिले बाटो फराकिलो बनाएको छ ।

राप्ती अञ्चल ढुवानी व्यवसायी संघका अध्यक्ष खेमजंग बस्नेतले तत्कालका लागि बाटो खुला गर्ने सहमति भएको बताउनुभयो । बाटो फराकिलो भएपछि मालबहाक ट्रक ट्रान्सपोर्टनगर सम्म पुग्न सहज हुने उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस