२०८२ जेष्ठ ८ गते बिहिवार

वडा सदस्य पौडेलले लिए दुई बालबालिकाको अभिभावकत्व ग्रहण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शशीधर पौडेलले विपन्न परिवारका दुई बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरी अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित पौडेलले सोही वडास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सलिना चौधरी र हेमन्त मल्ललाई पठनपाठनका लागि आवश्यक शैक्षिक सामग्री, कापी, कलम, अतिरिक्त कक्षाको शुल्कलगायत व्यवस्था गर्नुभएको हो । वडा सदस्य पौडेलले विद्यालय प्रशासनसँग समन्वय गरी विपन्न समुदायका बालबालिकाको विवरण संकलन गरेर उनीहरूको शिक्षाको प्रबन्ध मिलाउनुभएको छ । उहाँले सलिना र हेमन्तलाई कक्षा १२ सम्मको अध्ययनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सलिनाकी आमालाई विद्यालयमै पुगेर पौडेलले नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो।विद्यालयका प्रधानाध्यापक रूपेश गुप्ताले जनप्रतिनिधिको यस्तो पहलले विपन्न बालबालिकाको शिक्षामा ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँले जेहेन्दार र अनुशासित विद्यार्थीका लागि विद्यालयले यस्ता अवसर प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। विद्यालयका प्रधानाध्यापक गुप्ताले पौडेलको यो कार्यले समुदायमा शिक्षाको महत्व र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस