दाङ, २८ वैशाख । दाङको तुलसीपुरमा रहेको टिभिएस तुलसीपुरले ग्राहकहरूका लागि विशेष ‘एक्सचेन्ज मेनिया’ अफर ल्याएको छ ।
यही वैशाख २८ गतेदेखि जेष्ठ २ गतेसम्म सञ्चालन हुने यस अफर अन्तर्गत ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस बाइक वा स्कुटर घर लैजान सक्नेछन् ।
यस अफर टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको नयाँ वर्ष २०८२ को “नयाँ युगको सवारी” अफरसँग समायोजन गरिएको छ, जसमा सोरुमबाट थप विशेष सुविधा पनि उपलब्ध गराइएको सोरूमले जनाएको छ ।
‘एक्सचेन्ज मेनिया’ अफर अन्तर्गत ग्राहकहरूले १ लाखसम्मको नगद छुट, ७.९९% ब्याजदरमा १८ महिनासम्मको फाइनान्स सुविधा, १ लाखसम्मको ग्यारेन्टी गरिएको एक्सचेन्ज मूल्यांकन, चल्ने वा नचल्ने सवारीका लागि न्यूनतम रु ३० हजारसम्मको मूल्यांकन, निःशुल्क एसेसोरिज प्याकेज : हेलमेट, ब्याग र बाइक कभर, सीमित मोडलहरूमा ०% ब्याजदरमा फाइनान्स सुविधा, यसका अतिरिक्त, टिभिएसका प्रत्येक बाइक र स्कुटरमा लाइफटाइम वारेन्टीको सुविधा समेत उपलब्ध रहेको छ ।
टिभिएस तुलसीपुरले आफ्ना ग्राहकहरूलाई उच्च मूल्य, आकर्षक छुट, र भरपर्दो सेवा दिन यस किसिमका अफरहरू ल्याउँदै आएको बताएको छ ।














