२०८२ असार २४ गते मङ्गलवार

जैविक खेतीमा सरोकारवालाको चासो


दाङ। जैविक खेतीको उत्पादन बढाउन सरोकारवालाले चासो दिएका छन् । तुलसीपुरमा आइतबार भएको पालिकास्तरिय सिकाई आदानप्रदान कार्यशालाान सरोकारवालाले रासायनिक वस्तु उत्पादनको प्रयोगमा कमी ल्याउन जैविक खेती गरिनुपर्ने जोड दिएका हुन् ।

कार्यशालामा छाया नेपालका भीम प्रसाद आचार्यले मूलकोटका ५० जना महिलालाई आवद्ध गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक सशक्तिकरणमा जोड दिएको बताउनुभयो ।

उहाँले ग्रामिण वस्तीका महिलालाई जैविक खेती प्रणालीमा आवद्ध गराएर महिलाको आर्थिक तथा नेतृत्वदायी भूमिका सशक्त बनाउन थालेको बताउनुभयो ।

कार्यक्रममा कृषि विज्ञ गोविन्द केसीले मूलकोट क्षेत्रमा ७० प्रकारका बाली उत्पादन गर्न सकिने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज चौधरी, ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष बिष्णु केसी, बेस नेपालका सन्तोष कुमार शर्माले तुलसीपुरलाई जैविक खेतीको पकट क्षेत्रको रुपमा विकास गर्न आवश्यक सहकार्य गरेर जाने बताउनुभयो ।

छाया नेपाल र छाया अस्ट्रेलियाको सहयोगमा मुलकोट कृषि सहकारी संस्थाले एक दिने कार्यशाला गरेको हो । सहकारीका अध्यक्ष झरणा पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यशाला गरिएको हो । त्यस अवसरमा उपमेयर चौधरीले जैविक र रैथाने खेती प्रवद्र्धनमा तुलसीपुर उपमहानगरपालिकाले आवश्यक सहकार्य गरेर जाने बताउनुभयो ।

उहाँले स्थानीय सरकारले बजेट कार्यान्वयनमा ल्याउँदा ढिलाइ हुने तर आवश्यक समन्वय गरेर जाने बताउनुभयो । तुलसीपुर–४ का अध्यक्ष तुलसी थापाले महिलालाई जैविक कृषि खेतीमा आवद्ध गराएर महिलाको सशक्तिकरणमा छाया नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

सविना पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहकारीका सचिव समिक्षा पुनले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस