२०८२ असार २४ गते मङ्गलवार

वाईफाई नेपालले सस्तो र भरपर्दो इन्टरनेट सेवा दिने दावि


दाङ ।
वाईफाई नेपालले सेवालाई विस्तार गरिरहेको छ । वाईफाई नेपालका पोखराको लेखनाथ शाखा प्रमुख नवराज घिमिरेले डिजिटल पहुँच विस्तार गर्नु वाईफाई नेपालको उद्देश्य भएको बताउनुभयो ।

वाईफाई नेपालले आइतबार पोखरा महानगरपालिका–२७, तालचोकस्थित राष्ट्रिय वाणिज्य बैंकको माथिल्लो तलामा लेखनाथ शाखाको औपचारिक उद्घाटन गरेको छ ।

शाखा प्रमुख गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने योजना रहेको पनि बताउनुभयो । उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो ।

उहाँले इन्टरनेट सेवा अहिलेको युगको आधारभूत आवश्यकता भएकाले वाईफाई नेपालले किफायती र भरपर्दो सेवा ल्याएकाले ग्राहकको विश्वास बढ्दै गएको बताउनुभयो ।

वाईफाई नेपालका प्रधान कार्यालय प्रतिनिधि रिकेश अधिकारीले २०७८ सालमा स्थापना भएको वाईफाई नेपालले हालसम्म ७१ हजारभन्दा बढी सक्रिय ग्राहकलाई सेवा प्रदान गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार कम्पनीले देशभर १०० भन्दा बढी स्थानबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । न्यूनतम मूल्यमा भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा प्रयोग गरिरहेको उहाँको भनाई छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस