गाडी दुर्घटनामा परी मृत्यु भएका तुलसीपुरका स्थापित कपडा व्यवसायी नरबहादुर ओली र उनकी धर्मपत्नी लिला ओलीप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघका अध्यक्ष लालबहादुर केसी र महासचिव भद्रबहादुर ओलीले शोक विज्ञप्ति जारी गर्दै स्व. ओली दम्पतीको असामयिक निधनले तुलसीपुरको उद्योग तथा व्यापार क्षेत्रलाई गम्भीर क्षति पुगेको बताएका छन्।
दाङको तुलसीपुरमा लामो समयदेखि कपडा व्यवसाय सञ्चालन गर्दै आएका ओली दम्पतीको सोमबार जन्मघरमा कुलपुजा गरेर फर्किने क्रममा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१०, अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा सवारी दुर्घटनामा परेर ज्यान गएको थियो।
महासंघले जारी गरेको विज्ञप्तिमा दिवंगत दम्पतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवारजनमा गहिरो समबेदना प्रकट गरिएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाइ शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।














