२०८२ असार २४ गते मङ्गलवार

हावाहुरीले विद्युत सेवा प्रभावित


दाङ। हावाहुरीसंगै आएको वर्षाका कारण तुलसीपुरसहित विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्यतु प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार ठाउँठाउँमा हावाहुरीले विद्युतका पोल तथा तारमा क्षति गरेका कारण धेरै ठाउँका विद्युत सेवा अवरुद्ध भएको छ ।

विद्युत सूचारु हुन केहि समय लाग्ने प्राधिकरणले जनाएको छ । यस्तै देउखुरीको राजपुर गाउँपालिकामा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्युतीय पोल ढाल्नुका साथै तार चुँडिएको र ट्रान्सफर्मरमा क्षति पुर्‍याएको पत्रकार आलोक भावुकले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका अनुसार राजपुर क्षेत्रमा १९ वटा पोल र २ वटा ट्रान्सफर्मरमा ठूलो क्षति पुगेको छ । विद्युत आपूर्तिका लागि प्राधिकरणका प्राविधिक टोलीहरू मर्मत कार्यमा खटिएको प्राधिकरणले जनाएको छ । राजपुर आसपासका क्षेत्रहरूमा सेवा छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस