
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मृगौला पिडित सीमा रुचाललाई उपचार राहत कोष वाफतको रकम प्रदान गरेको छ ।
संस्थाले आज (मंगलबार) तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गौरीशंकर टोलका ३८ वर्षका शेयर सदस्य रुचालकोे परिवारलाई उपचार राहत कोष वाफतको २० हजार रकम हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले मृगौलाले काम गर्न छोडी उपचार गराइ रहेका रुचालका श्रीमान उत्तम कडेललार्ई राहत कोष वाफतको रकम हस्तान्तरण गर्नुभएको हो । संस्थाको सदस्य बन्दा १ हजार रुपैयाँ जम्मा गर्ने नीति अनुसार राहत कोषमा रकम जम्मा हुने गरेको छ ।
सोही कोषबाट शेयर सदस्यहरुलाई जटिल प्रकारका धेरै खर्च लाग्ने क्यान्सर रोग लागेमा, कलेजो रोग, मृगौलाले काम गर्न छोडी उपचार गर्नु परेमा , मुटु रोग लागि सल्यक्रिय गर्नु परेमा, टाउकोको मेजर सल्यक्रिया गर्नुपरेमा, सवारी दुर्घटना वा अन्य कारणले हात वा खुट्टा, ढाड भाचिएर मेजर शल्याक्रिया गर्नुपर्ने अवस्था भएमा उपचार राहत स्वरुप रकम उपलब्ध गराउने गरेको संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
संस्थाले राहत कोष परिचालन कार्यविधि २०७९ को दफा ७ को उपदफा २ (ग) बमोजिम उपचारका लागि उपचार राहत रकम प्रदान गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । त्यसको लागि शेयर सदस्यले अस्पतालको भर्ना तथा उपचार कार्ड, शल्यक्रिय रिपोर्ट पेश गर्नुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार राहत कोषमा आवद्ध भएपछि सदस्यलाई जटिल प्रकारका रोग लागेमा, प्राकृतिक विपत्तिबाट क्षति भएमा परिवारलाई संस्थाले राहत वितरण गर्ने गरेको छ । संस्थाले शेयर सदस्यहरुलाई जन्मदेखि मृत्यु संस्कारसम्मको सेवा प्रदान गदै आएको छ ।