२०८२ मङ्सिर २२ गते सोमवार

राम्री–कपुरकोट सडक भोलि बुधबारदेखि फेरि बन्द हुने

दाङ, ६ जेठ । राप्ती राजमार्ग अन्तर्गत राम्री–कपुरकोट सडक भोलि बुधबारदेखि फेरि एक सातासम्म बन्द हुने भएको छ । सडकको स्तरोन्नतीका लागि भोलि बुधबारदेखि १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सडकको स्तरोन्नतीका लागि भोलिदेखि सवारी आवागमन बन्द गरिन लागिएको हो । बन्द हुने समयमा साना सवारी साधनले पैयाखोरिया–सातवास–किमुचौर–कपुरकोट सडक प्रयोेग गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस