२०८२ असार ६ गते शुक्रवार

प्रि–मनसुन प्रणाली अझै सक्रिय : आज पनि सबै प्रदेशमा वर्षाको संभावना

दाङ। दाङ उपत्यकासहित देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि मौसममा बदली देखिएको छ । देशका केहि स्थानमा वर्षा भइरहेको छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि सबै प्रदेशका पहाडी क्षेत्रमा रहेका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि हावाहुरीसँगै हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

प्रि–मनसुनी प्रणाली थप सक्रिय भएका कारण गएको एक हप्तादेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । यो क्रम अझै केही दिन रहने तर हिजोअस्तिको तुलनामा कम पानी पर्ने मौसमविद् डेभिड ढकालले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस